किवानिज क्लब अफ बेलबारीले पुस्तक तथा स्टेशनरी सामाग्री हस्तान्तरण कार्यक्रम २०८० आज सम्पन्न गरेको छ । क्लबले बेलबारी वडा न. ९ मा रहेको श्री ज्ञानोपार्जन आधारभुत विद्यालयलाई बिभिन्न स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो । 

कक्षा ५ सम्म रहेको उक्त विद्यालयमा रहेका विद्यार्थीहरुलाई लगभग रु.३४,००० बराबरको सामाग्री प्रदान गरेको छ । किवानिज क्लब अफ बेलबारी क्लबका अध्यक्ष प्रशान्त निरौलालगायतले सामाग्री प्रदान गरेको र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सन्तोष भट्टराइर्ले उक्त सामाग्री ग्रहण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै किवानिज क्लब अफ बेलबारीका अध्यक्ष प्रशान्त निरौलाले यो क्लब भर्खर भर्खर सुरुवाती अवस्थामा रहेको र यो क्लबले बालबालिकाको सेक्टरमा काम गर्ने बताउनुभयो । 

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएका किवानिज डिस्ट्रिक,डिभिजन १ का बिकास बजगाँईले विद्यालयमा खेलकुद र अध्ययन सामाग्री वितरण गर्न पाँउदा आफुँ निकै खुसी भएको र विद्यालयलाई दिइएका सामाग्रीको सदुपयोग गर्नमा विद्यालयका शिक्षक र व्यवस्थापन समिति सचेत रहनुपर्ने र आफँुले विद्यालयको व्यवस्थापनमा कमजोरी रहेको अनुभव गरेको र स्थानिय निकाय, सबै टोल बिकास संस्था र जनप्रतिनिधिहरुले यसबारेमा चासो राखी सक्रियता देखाउनुपर्ने बताउनुभयो ।  

कार्यक्रममा सभापति किवानिज क्लब अफ बेलबारी २०२२—२३ का अध्यक्ष प्रशान्त निरौला, प्रमुख अतिथि किवानिज डिस्ट्रिक,डिभिजन १ का बिकास बजगाँई, विशिष्ट अतिथि ज्ञानोपार्जन आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोष भट्टराई, अतिथिहरुमा बेलबारी न.पा. वडा नं. ९ का वडा सदस्य हर्क धिमाल , व्यवस्थापन समितिका सदस्य वीर व.खड्का, ज्ञानोपार्जन आधारभुत विद्यालयका प्रध्यानाध्यापक भरत व. धिमाल, बेलबारी जेसिजका अध्यक्ष ऐश्वर्य प्र. आचार्य (विपिन), बिकास बुढाथोकी, किवानिज क्लब अफ सुन्दरहरैँचाका सह—कोषाध्यक्ष उपेन्द्र प्रसाद बजगाँईलगायत हुनुहुन्थ्यो भने कार्यक्रम सँचालन जनम नेपालले गर्नुभएको थियो ।