प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर राष्ट्रिय दलका तहमा सहमति भए पनि संसद खुल्ने निश्चित नभइसकेकाले आज दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित भएको बताइएको छ । सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले तयार गरेको ड्राफ्टलाई अन्तिम रूप दिने बताइएपनि एमाले अध्यक्ष केपी शर्मा अनुपस्थित रहेकाले आजको शीर्ष तहको बैठक एजेन्डा तय नभई स्थगित हुन पुग्यो ।
लगत्तै संसद सचिवालयले पनि बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना निकालेको हो ।