राष्ट्रिय सभाको बैठक सरेको छ। आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजेका लागि सरेको हो । ।
आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको हो।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सारिएको हो ।
विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संघीय संसदको दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ।