मोरङ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एक महिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियानअन्तर्गत मोरङका १० पालिकामा पालिका सम्मेलन तथा भेला सम्पन्न गरेको मोरङ जिल्ला वाइसिएल इन्चार्ज दिपक आले मगरले बताएका छन्  पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका , सुनवर्षी नगरपालिका, जहदा गाउँपालिका र धनापालथान गाउँपालिकामा सम्मेलन सकिएको हो । उक्त सम्मेलन तथा भेलाबाट नयाँ समिति पनि गठन भएको छ ।

वाइसिएलको मोरङ जिल्ला समन्वय समितिको विस्तारित बैठक सलकपुरमा गरेर वाइसिएल संगठन विस्तारमा लागेको हो । वाइसिएलले लेटाङ नगरपालिकामा जमिन मंग्राती अध्यक्ष र देबेन्द्र बनेम लिम्बू सचिव रहेको समिति गठन गरेको मोरङ जिल्ला वाइसिएल अध्यक्ष योगेन लिम्बुले बताए ।

पथरी शनिश्चरे नगरपालिकामा रोशन माझीको अध्यक्षतामा समिति चयन भएको छ अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिवमा कृतिका खनाल, सहसचिवमा हिमाल सिन्चुरी, कोषाध्यक्षमा पवित्रा खनाल रहेका छन् । मिक्लाजुङ गाउँ समितिको दोस्रो अधिवेशनबाट अध्यक्ष सुसन खड्का चयन भएका छन् सचिवमा दिप पोखरेल (दिपक) भएका छन् ।

 बेलबारीको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा किरण कार्की चयन भएका छन् उपाध्यक्षमा सुवास राई, समिर सुनुवार, अमिर खड्का, सचिवमा सन्तोष लोहोरुङ, कोषाध्यक्षमा सुमन धिमाल चयन भएका छन् ।  रतुवामाई नगरपालिकाको भेलाबाट अध्यक्षमा कमल गुरागाईं तथा सचिवमा लक्ष्मी मैनाली चयन भए ।

369146199_829947978638099_1418329547359252016_n

 सुन्दरहरैंचा नगरपालिकामा भएको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पृथ्वीमान शिवा चयन भएका छन्  उपाध्यक्षमा कुमार परियार, प्रमोद घिमिरे र दिपा वि.क, सचिवमा प्रदिप परियार, सहसचिवमा सर्बन कविरथ, कोषाध्यक्षमा विनोद सुन्दास रहेको समिति गठन भएको छ । धनपालाथानमा रमेश रायामात ,जहदामा पंकज सरवारिया चयन भएका छन्। यस्तै आउदो शनिवार केरावारी गाउँपालिक्मामा अधिवेशन राखिएको जिल्ला सचिव मोहम्मद रिहानले जानकारी दिए।

वाइसिएलले जिल्लामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारले गरेका सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गर्दै संगठन निर्माण अभियान सुरु गरेको जिल्ला ईन्चार्ज दिपक आलेमगरले बताए।