मेची बहुउद्देश्य सहकारी सँस्था लिमिटेडको २७ औँ वार्षिकोत्सव तथा २९ औँ साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभा बेलबारी १ स्थीत बेलबारी साँस्कृतिक भवनमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाको आय, व्यय तथा लक्ष्य तथा अन्य विभिन्न बारेमा जानकारी दिइएको थियो । आजको साधारणसभाबाट प्लस टुमा उत्कृष्ट हुने यसै सहकारीका एकजना शेयर सदस्यका छोरा हेजिन सुवेदीलाई रु। १०,००० नगद र उत्कृष्ट बचतकर्ताहरु साईरा राई, मिना उप्रेती, उमेश कुमार ठाकुर र मधु राईलाई सम्मानसमेत गरेको थियो भने ३ जना शेयर सेयर सदस्यहरु हरि ब. बि.क , सिता ढकाल र कमला श्रेष्ठलाई अप्रेसनको लागि २२,५०० सहयोगसमेत गरेको  थियो ।


बेलबारी सेवा केन्द्रबाट २०७९ देखि ०८० मसान्तसम्म शेयर सदस्यहरुको संख्या ४३४, शेयर पुँजी २४९६८००.००, निक्षेप बचत १९७७१९३४.८४, अन्तरशाखा कारोबार २२५२८५७.०२, नगद तथा बैँक ३५१५३६४.५५ र कर्जा लगानी २०१९६४५९.२४ रहेको छ । त्यस्तै बेलबारी सेवा केन्द्रबाट क्यान्सर अपरेसन सुविधा १ जना, प्राकृतिक प्रकोप राहत सुविधा १ जना, शल्यक्रिया सुविधा ८ जना, काजकृया खर्च ८ जना र छोराछोरी बचत खाता ४ जनाल गरि जम्मा २२ जना शेयर सदस्यहरुले रु.१,७७,६०० बराबरको सेवासुविधा लिएका छन् । चालु आ.व २०८० देखि ८१ सम्ममा शेयर सदस्यहरुको संख्या ६३४, शेयर पुँजी ३२,००,०००, निक्षेप बचत ३,५०,००,००० अन्तरशाखा कारोबार १,५०,००,००० नगद तथा बैँक ४६,८५,००० र कर्जा लगानी ४,९०,००००० गरि जम्मा ५,३७,२५,००० पुर्याउने लक्ष्य लिएको छ ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष नारायण भट्टराईले प्रतिवेदन पेश गरेका थिए भने लेखा सुपरिवेक्षण समिति सदस्य सुमित्रा भण्डारीले लेखा प्रतिवेदन पेश गरेकी थिईन् । आजको साधारणसभामा प्रमुख अतिथि वडा न. १ का वडा अध्यक्ष मनि पुलामी मगर र सेवा कार्यालय बेलबारी व्यवस्थापन समिति संयोजक सन्तोष कुमार राइको अध्यक्षता सम्पन्न भएको छ।  

IMG_1128

IMG_1151