विराटनगर ३ भाद्र । 

भोलि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेशसभा बैठकमा नेकपा एमालेका ७ जना जेष्ठ सदस्यहरु अनुपस्थित हुने सुचना प्रदेश सभामा पठाएका छन् ।

प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित हुने हल्ला चलिरहदा बेला एमालेका जेष्ठ सदस्यहरु अनुपस्थित हुने भएका हुन् । एमालेका सांसदहरुले घरयासी समस्याको कारण देखाउदै सचिवालयमा सुचना दिएका छन् । 

प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य नेपाली काँग्रेसका गयानन्द मण्डललाई यसअघि गठबन्धनले राज्यमन्त्री बनाइसकेको छ । त्यसपछि सत्तारुढ गठबन्धनका जेष्ठ सदस्य उद्धब थापा (६४) मुख्यमन्त्री छन् भने जेष्ठताको तेह्रौ नम्बरमा काँग्रेसका सांसद अमृतकुमार अर्याल (६३) छन् ।

 भोलि अनुपस्थित हुने नेकपा एमालेका सांसदहरु रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवि ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले भोलिको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयमा दिएका हुन् । अनुपस्थित हुने कारणमा उनीहरुले ‘घरयासी समस्या’ लेखेका छन् ।