विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई शैक्षिक हब बनाउनुपर्नेमा जोड दिएका छन् । 

विराटनगरस्थित सगरमाथा कलेजले उत्कृष्ट विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षा र स्वास्थ्यको सेवा लिनका लागि अब विराटनगरभन्दा बाहिर जानु नपर्ने बताए । उनले भने देशभरिकै उत्कृष्ट अंक ल्याउने विद्यालय र कलेज साथै हामीसित दुई–दुईवटा मेडिकल कलेज हुदा पनि हाम्रा विद्यार्थीहरु काठमाडौं र विदेश पढ्न गइरहेका छन् । उनले गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ विदेशिएको बताए । हरेक वर्ष विदेश जाने विद्यार्थीको संख्या बढ्नै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

कोइरालाले घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनु आवश्यक रहेको बताए । उनले विद्यालय तहदेखि नै व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश विदेशमा श्रममा बिक्न सक्ने बताए । मेयर कोइरालाले हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेका छन् । त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका बताए । उनले गत आर्थिक वर्षमा ७ लाख ७५ हजारभन्दा बढी युवा विदेशिएको तथ्याङ्क केलाउदै अध्ययनका लागि होस् चाहे रोजगारीका लागि होस् तर युवा जनशक्ति विदेशिनु देशका लागि दुर्भाग्य भएको बताए । 

कार्यक्रममा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने अनुभव तिम्सिना, चन्द्रशेखर कामत, प्रिया कटवाललगायत विद्यार्थीहरुलाई मेयर कोइराला, वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, कलेजका प्राचार्य त्रिलोचन गौतमलगायतले सम्मान गरेका थिए ।


photo (1) (1)