कोशीका मुख्यमन्त्री उद्वव थापाले आफुलाइ विश्वासको मत माग्दै मुख्य विपक्षी नेकपा  एमाले र राप्रपालाई आइतबार पत्राचार गरेका छन्।

सोमबार मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिने भएकाले आईतबार नै पत्राचार गरेका हुन् । तर एमालेले विश्वासको मत दिने सम्भावना भने न्यून रहेको छ।

प्रदेश सभामा काङ्ग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४०  र जसपा १ गरि सत्ता पक्षसग ४७ मत छ। विपक्षमा एमालेको ४ उपसभामुखसहित  र राप्रपाको ६ गरी ४६ मत छ।