सुनसरी, भाद्र ०३ गते ।
सुनसरीको रामधुनी नगरपालिका-१ हनुमान मन्दिर
स्थितबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो
दिउँसो २ बजे स्थानिय बिक्रम चौधौरीले संचालन गरेको थारु कटेजमा स्थानिय ३७ बर्षिय रोशन चौधरीले खाजा
खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारी पाउनासाथ ईलाका प्रहरी
कार्यालय रामधुनीबाट खटिएको प्रहरीको टोलीले ५०० दरका ३५ वटा नोट सहित रोशन
चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय पकली
पठाएको उक्त कार्यालयले जनाएको छ ।