मोरङ । माओवादी केन्द्रले चलाउन लागेको तीन महिने जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको लागि मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ स्थित पार्टी कार्यालयमा शनिवार सुझाव संकलन भएको छ ।
माओवादी केन्द्रले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने भएको छ । तीन महिने अभियानको लागि मोरङको बेलबारी नगरमा संबिधानसभा सदस्य पार्टी केन्द्रीय सदस्य समिता कार्की 'अस्मिता ' कमाण्डर तोकिएर आएकी छिन् ।
कार्कीले नगरमा कस्तो प्रकारको अभियान सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने बिषयमा सुझाव संकलन गरेकि हुन् । कार्यक्रममा पार्टीका प्रदेश सदस्य तिलकप्रसाद राई, नवराज चापागाईं , कंचन कुलुङ राई लगायतको उपस्थिति रहेको थियो । नगर समिति अध्यक्ष परसुराम सुबेदी को अध्यक्षता साथै नगर सचिब लक्ष्मण तामाङ को संचालनमा भएको कार्यक्रममा प्रदेस,जिल्ला र नगरस्तरिय नेतृत्व तथा जबस मोर्चाका नेतृत्व हरुको व्यापक उपस्थिति रहेको थियो ।