विराटनगर १ भाद्र ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यहि भाद्र ४ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री थापाले भाद्र ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन सहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।
सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए । थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत लिने समय भाद्र १३ गते सम्म रहेको छ तर उनले अगाडीनै विश्वासको मत लिने भएका छन् । थापा ४७ सांसदको सहमतिमा मुख्यमन्त्री बनेका हुन । ९३ सदस्य रहेको कोशी प्रदेशमा गठबन्धनको ४७ र प्रतिपक्षीको ४६ मत रहेको छ ।