विराटनगर १ भाद्र ।
कोशी प्रदेशको अध्यायदेश मार्फत ल्याएको बजेट प्रदेश सभाबाट स्वीकृत भएको छ ।
गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका थिए । उक्त अध्यादेश असार १४ गते संसदमा टेवल भएको थियो । आज बसेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले अस्विकार सम्बन्धि सुचना फिर्ता लिएसगै अध्यादेश प्रदेशसभामा स्वीकृत भएको हो ।
काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समिकरण र परिस्थिति बदलिएका कारण अस्विकारको प्रस्ताव फिर्ता लिएको बताए ।अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेट सम्बन्धि अध्यादेश संसदमा पेश गरेका छन् । सो प्रस्तावलाई प्रदेशसभाले सर्बसम्मत रुपमा स्वीकृत गरेको छ ।
संसदमा टेबल भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ १० सम्ममा पास गर्नुपर्नेछ । कोशी प्रदेशसभाको आगामी बैठक भाद्र ४ गते सम्मका लागि स्थगित गरिएको छ ।