बेलबारी बहुमुखी क्याम्पसले आज सौन्दर्यकरणका लागि सयपत्री फुलको बिरुवा रोपन कार्यक्रम गरेको छ। बेलबारी नगरपालिका वडा न ३ कि वडा सदस्य बिमला तामाङले बिरुवा सहयोग गरेको र क्याम्पसका बिद्यार्थी प्राध्यापक क्यामपस प्रशासन लगायतले उक्त बिरुवा रोपेका हुन् ।
तामाङले बेलबारी बहुमुखी क्याम्पसको सौन्दर्य बढाउन र नेपालिहरुको आँउदै गरेको महान चाँड तिहारमा सबैको घरघरमा फुलको माला पुर्याउने उदेश्यले आफुले फुलको बिरुवा दिएको बताउनुभएको छ । समुदायबाट सँंचालित यो क्याम्पस धेरै बर्षदेखि रुग्ण अवस्थामा रहेको र कुनै पनि फुलबारी बगैचा सौन्दर्यता नभैरहेको अवस्थामा यस्ले क्याम्पसको सौन्दर्यता बढ्ने, तिहारमा आज रोपेको फुलको माला बनाई कम्तिमा पनि हरेक घरमा पुर्याउने लक्ष्य रहेको क्याम्पस प्रमुख भुपेन्द्र प्रसाद कोइरालाले बताएका छन् ।
क्याम्पसलाई पढाइमा मात्रै सिमित नराखी सामाजिक कार्य , अन्य विभिन्न सामाजिक र रचनात्मक कार्यक्रममा जोड्नका लागि बिशेष कार्ययोजना बनाएर अगाडी बढेको क्याम्पसका स्ववियु सचिब विप्लब पोखरेलले बताएका छन् । यहाँबाट उत्पादन भएको फुलको माला सम्पूर्ण अभिभाबकको घरसम्म पुर्याउन सकिन्छ कि भनि यो फुलको बिरुवा रोपेको क्याम्पसका विद्याथीहरुले बताएका छन्।