बेलबारी नगरपालिका ३ को भगवती माध्यमिक बिद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई अहिले जापानमा बसोबास गरिरहेका बेलबारीका राजनबाबु सुवेदी र जापानीजको टोलीले छात्रबृति दिने भएको छ ।
४ बर्षअगाडि यही टोलिले भवगती माध्यमिक बिद्यालयका १५ जना बिद्यार्थीलाई छात्रबृति प्रदान गरेको थियो तर कोभिडका कारण बिचमा हुन नसकेको कार्यक्रम हुन लागेको हो । सुवेदीसहित जापानीज टोलीले नेपालमा जापानिज भाषाको स्कुल खोलेर सहज ढँगबाट नेपालिहरुलाई जापान लैजाने मुख्य उदेश्य रहेको र त्यसकालागि जापानमा काम भईरहेको बताएका छन् । आज भएको उक्त कार्यक्रममा अझै बढी बिद्यार्थीलाई छात्रबृति प्रदान गर्ने जपानिज टोलिले बताएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमसागर ढकालले बताउनुभएको छ ।