विराटनगर, २९ साउन ।
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कानून व्यवसायी अधिवक्ता बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् ।
काङ्ग्रेस निकट सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं ३ का कटुवाल मुख्यमंत्री उद्धव थापाको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । सोमवार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधिस सत्यमोहन जोशी थारुले नवनियुक्त मुख्य न्यायाधिवक्ता कटुवाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमंत्री उद्धव थापा, मंत्रीहरु, प्रदेश सांसद, उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।