आज बेलबारी नगरपालिकामा नेपाल शिक्षक महासँघ राष्ट्रिय समितिद्धारा घोषित आन्दोलन २०८० पालिका स्तरको धर्ना कार्यक्रम गरेको छ । बेलबारी नगरपालिका अगाडि धर्ना दिएर शिक्षकहरुले आन्दोलन गरि निमित प्रमुख प्रशासकिय अधिकृत महेन्द्र खड्कालाई ज्ञापनपत्र बुझाएका छन् ।
विद्यालय शिक्षा विद्ययेक २०८० को सन्दर्भमा नेपाल सरकारसँग भएका ३० बुँदे र २१ बुँदे विभिन्न सम्झौताहरुको भएको तर कार्यन्वयनको पक्षमा सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको नेपाल शिक्षक महासँघ मोरङ जिल्ला कार्यसमितिका अध्यक्ष कुमार पोखे्रलले बताउनुभयो । शिक्षकका पेशागत मान मर्यादा इज्जत र प्रतिष्ठाका लागि गरिएका र कर्मचारिहरुका सबैखाले मागलाई सम्बोधनको निम्ति आन्दोलन गरिएको पनि उहाँले बताउनुभयो ।