आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गरेर संसद् गतिरोधलगायत पछिल्लो राजनीतिक अवस्थाबारे  धारणा सार्वजनिक गर्दै छ।आज मध्याह्न १२ः४५ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको हो । 

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओली उपस्थित हुने र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीले धारणा सार्वजनिक गरिने छ । 

 सुन समातिएको प्रकरणमा एमालेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न माग गर्दै संसद् अवरूद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण साउन १० गतदेखि संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।