आइ डब्लु एफ एन कराते डो सङ्घको कोशि प्रदेश भेला आज सम्पन्न भएको छ । उक्त भेला बेलबारिको ड्रीमल्याणमा सम्पन्न  भएको हो । आजको उक्त कार्यक्रममा आइ डब्लु एफ एन कराते डो सङ्घको समिति पनि गठन भएको छ ।  आइ डब्लु एफ एन कराते डो सङ्घको कोशि प्रदेश अधक्ष्यमा बेलबारिका युवा ब्यबसायि तथा समाजसेबि  हेमन्त सुबेदि  सर्ब सम्मतले चयन हुनु भएको छ ।  हेमन्त सुबेदि  अध्यक्ष रहेको समितिमा जम्मा ११ जना रहेका छन् । 

आइ डब्लु एफ एन कराते डो सङ्घको कोशि प्रदेश भेलामा  प्रमुख अतिथिका रुपमा  सङ्घका केन्द्रीय प्रतिनिधि ज्ञान बहादुर राई रहनुभएको थियो भने इलाम , झापा सुनसरि र मोरङका कराते सङ्घका अध्यक्षको  समेत उपस्थिती रहेको थियो । आज सम्पन्न भएको उक्त कार्यक्रममा खेलाडि सहित गरि ७० जनाको उपस्थित रहेको थियो ।