लागुपदार्थ सेवन नगरौँ, आफुँ पनि बचौँ अरुलाई पनि बचाँऔँ भन्ने दुव्र्यसनीको मुल नारासहित काकुम युवा समुह बेलबारी—४ ले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । काकुम युवा समुहका अध्यक्ष वि.की मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बेलबारी वडा न.४ का वडा अध्यक्ष चन्द्र लिम्बु प्रमुख अतिथीको रुपमा रहनुभएको थियो । अहिले युवाहरु बढि रुपमा लागुऔषध दुव्र्यसनीमा फसेका कारण उक्त  दुव्र्यसनीलाई रोक्नका लागि कार्यक्रम गरिएको सँस्थाका अध्यक्ष मगरले जानकारी दिए । 

उक्त कार्यक्रममा ब्यानर र प्ले कार्ड बोकी स्थानिय, बेलबारीका बिभिन्न सँघ सँस्थाका प्रतिनिधिहरु र वडाका जन प्रतिनिधिहरु लगाएतले ऱ्याली समेत गरेका थिए । 

कार्यक्रममा बोल्दै बेलबारी वडा न.४ का वडा अध्यक्ष चन्द्र लिम्बुले यस बेलबारी ४ मा रहेका हरेक टोल बिकास सँस्था र यहाँका अग्रजहरुले यहाँका युवाहरु कुन बाटोमा जाँदैछन् भन्ने कुराको बिषयमा चासो राख्न र आफुले गर्नुपर्ने सहयोग आफनो तर्फबाट र वडा नँ ४ को तर्फबाट सँधै गर्नेपनि बताउनुभयो ।