अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज  राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संस्था, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित ठाढुङ्गेश्वर सामुदायिक बनमा शुक्रबार वृक्षरोपण गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रूद्राश्रको विरूवा रोपण गरेर कार्यक्रम सुरूवात गरेका थिए। युवा संगठनले वृक्षरोपण अभियान सुरू गरेको र यसलाई देशव्यापी बनाइने संगठनका संयोजक सुजित केसीले बताए।  विभिन्न प्रजातिका ५ सयभन्दा बढी विरूवारोपण गरिएको छ। युवा संगठनले शनिबार रक्तदान कार्यक्रम गर्ने तयारीसमेत गरेको छ।