बेलबारी नगरपालिका स्वास्थ्य शाखाद्धरा दादुरा रुबेला खोप अभियान सँचालन सम्बन्धि पालिका खोप समन्वयन समिति, सँचारकर्मी र सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रम बेलबारी नगरपालिकामा आज बिहान एक कार्यक्रम गरि सम्पन्न भएको हो ।
कार्यक्रमको मुख्य उदेश्य खोपबाट बचाउन सकिने रोगहरुको अवस्था शुन्य बनाउने, खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मुलनलाई तिब्रता दिई दिगोपनलाई कायम राख्ने, पोलियो उन्मुलनगरि हालको अवस्था शुन्य कायम राख्ने र आफनो क्षेत्रभित्र भएका भएका बालबालिकाहरुलाई ९५ प्रतिशत खोपको दायरामा ल्याएर पुर्ण खोपको सुनिश्चितता गर्नुपर्छ भन्ने रहेको थियो भने २०२६ मा राज्यले दादुरा रुबेला रोगको निवारण गर्ने भन्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्र राई, उप प्रमुख नितु थापा कोइराला, बेलबारी वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मीलगायतको उपस्थिती रहेको थियो ।