७ औँ साउथ एसियन तेक्वान्दो (आई.टि.एफ) च्याम्प्यनसिप २०२३ सम्पन्न भएको छ । उक्त च्याम्प्यनसिपमा भाग लिन गएका मोरङका ५ जना खेलाडिहरु रहेका थिए । ५ जना खेलाडिमध्ये बेलबारीका ४जना र सुन्दरहरैँचाका १ जना खेलाडि थिए । खेलमा २ जना प्रशिक्षकको पनि सहभागिता रहेको थियो । खेलाडिहरुमा केरीसा आचार्य १ स्वर्ण २ रजत १ कास्य, सबिना मगर १ स्वर्ण १ रजत, कुसुम राजवँशी २ स्वर्ण, सोम व. राजवँशी १ स्वर्ण १ रजत र नितेश खवास २ कास्यसहित जम्मा १२ पदक रहेका थिए भने २ जना प्रशिक्षर्क  रहेका थिए । 

तेक्वान्दो महासँघ अध्यक्ष प्रविण कार्कीको स्वागतकोलागि रा.स्व.पा प्रदेश सदस्य केदार आचार्य, धनेश्वर शाह, र आर.ए.टि उप—प्रमुख ई.सुरेस श्रेष्ठ जोगवनिसम्म जानुभएको र जोगवनिबाट नेपालसम्म ल्याउने यातायातको व्यवस्था बेलबारी नगरपालिका वडा न. ८ का वडाध्यक्ष धनपति गौतमले गराउनुभएको थियो ।