बेलबारी नगरपालिका वडा नं ६  मा  आज डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा तथा अण्डा नष्ट  (सर्च एण्ड डिष्ट्रे) साथै जनचेतना कार्यक्रम समप्न्न गरिएको छ । बेलबारी नगरपालिका वडा नं ६ मा आज उक्त जनचेतना कार्यक्रम  समप्न्न गरिएको हो । अहिलेको अवस्थामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या दिनप्रतिदिन  वृद्धि हुँदै गइरहेको छ । टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको भएकाले बेलबारी नगरपालिका वडा नं ६  मा  आज  लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्ने कार्यक्रम गरिएको हो । डेङ्गु रोगको कारणबाट धेरैजनाको मृत्युसमेत भईसकेकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रण गर्नकालागि उक्त जनचेतना कार्यक्रम गरिएको हो । 

WhatsApp Image 2023-08-08 at 17.02.53