इलाममा श्रीमानले धारिलो हतियार बामफोकको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन्। इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमान श्रीमतीबीच सामान्य झगडा भएको र झगडापछि पूर्णबहादुरले श्रीमतीको टाउकोको पछाडिपट्टीको भाग मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ । घटनापछि श्रीमान् फरार रहेका छन्। कानुनी प्रक्रियाअनुसार शव परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरिले बताइएको छ ।




















