महिलालाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरका चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा यातायात व्यवस्था सेवा कार्यालयका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो रहेको प्रहरीले जनाएको छ ।
आइतबार राती मादक पदार्थ सेवन गरेर महिलाको घरमा पुगी गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा डा। महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्का सहायक प्रवक्ता एवम् प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए ।‘महिलालाई गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक डा। दीपेन्द्रकुमार महतोलाई पक्राउ गरिएको छ,’ उनले भने,‘अभद्र व्यवहार मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ।’ उनका अनुसार पीडितले दिएको किटानी जाहेरीका आधारमा चिकित्सकमाथि अनुसन्धान सुरु गरिएको हो ।महतो यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक हुन्।