राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको गम्भीर आरोप लगाएको छ ।

गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग भाग खोजेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको टिप्पणी छ ।‘। 

गत साउन २ गते त्रिभुवन विमानस्थलबाट गैर कानुनी रुपमा भित्रिएको झण्डै एक सय किलो सुनको विषयले राजनीतिमा तरङँग पैदा भएको  छ ।

उक्त प्रकरणमा सरकारले कुनै ध्यान नदिएको  भन्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमा अवरोध गरिरहेको   छ ।

 अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।