संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ । दलहरु सहमतिमा नपुगेकाले सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।
सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल दिउँसो साढे ३ बजे फेरि बस्ने गरी सकिएको हो । संसदको अवरोध खुलाउने विषयमा छलफल सकारात्मक भएको छ ।
नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।