सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालले राष्ट्रियसभा बैठकमा अवरोध जनाएको छ।  सोमबार बैठक सु्रू हुनासाथ  एमाले सांसद दिलकुमारी रावलले सुन काण्डको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गरिन्। 

उनले  सुन काण्डको अनुसन्धान गर्न सरकार गम्भीर नभएको आरोप लगाइन् ।ुसुन काण्डको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय समितिको मागसहित  नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ । 

सुन तस्करीमा सरकारको पनि संलग्नता रहेको उनले आरोप लगाइन्। सरकारको संलग्नताबिना सुन तस्करी संभव नहुने उनले बताइन् । सांसद रावलले आफ्नो भनाइ राखिसकेपछि एमाले सांसदहरू सिटबाट उठेर अवरोध गरे। 

संसदको अवरोध हटाउन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसदहरूलाई आग्रह गरे। उनले दबाबसहित संसद चलाउने गरी अगाडि बढ्न आग्रह गरे। तर, एमाले सांसदहरूले भने  आफ्नो अडान छाडेन्न। 

त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराए।