भ्रष्टचार, अनियमितता, देशमा बढ्दो महँगी र सुन तस्करीको बिरुद्वमा नेकपा एमालेले बेलबारी नगर कमिटीको आयोजनामा साँकेतिक रुपमा हस्ताक्षर सँकलन कार्यक्रम गरेको छ । भ्रष्टचारीको कुनै जात हुँदैन, कुनै धर्म हुँदैन , यो देशमा कुनै भ्रष्टचारी हुनुहुँदैन र भ्रष्टचारीको कुनै आफन्त पनि हुँदैन र भ्रष्टचारीलाई संरक्षण पनि गर्नुहुँदैन देशलाइ सबल रुपले अन्त्य गर्नुपर्छ र देशलाई बिकासकोगतिमा लानुपर्छ भन्ने उदेश्यका साथ े उक्त कार्यक्रम गरिएको हो । नेपालमा अहिलेको अवस्थामा भ्रष्टचार मौलाउँदै गएको र जस्लेगर्दा नेपाली हुँ भन्न पनि लाजलाग्ने अवस्था भएकोले राजनिती गरेर ठुलो ओहोदामा पुगिसकेपछि देशलाई लुटिरहेको अवस्था जताततै रहेकाले यस्को बिरुद्वमा आवाज उठाएर भ्रष्टचारलाई देशबाट नै हटाउनुपर्ने भन्दै सो हस्ताक्षर सँकलन कार्यक्रम गरिएको नेकपा एमालेका बेलबारी नगर कमिटीका उप—सचिव अजित अधिकारीले बताउनुभएको छ ।