सुनसरी, २०८० साउन १७ गते ।

सुनसरीको ईटहरी नगरपालिका-२० सेउती पुलमा श्रावण ५ गते बिराटनगरका रोहित चौधरीलाई गोली प्रहार गरी फरार रहेका २ जनालाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ । पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका-१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान-१० का  ३४ बर्षीय अनसन राई रहेका छन् । पक्राउ परेका उनीहरुले श्रावण ५ गते साँझ धरानबाट ईटहरी जाँदै गरेको को. ३२ प १७९६ नम्बरको मोटरसाईकल रोकेर मोटरसाईकलमा सवार रहेका चालक बिराटनगर-५ कोचाखालका २८ बर्षीय रोहित चौधरी र बिराटनगर-३ की सुमना खत्रीलाई पेस्तोल तथा खुकुरी देखाई जबरजस्ती लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा चौधरीलाई गोली प्रहार गरी फरार भएका थिए । कोखामा गोली लागेर गम्भिर घाईते भएका चौधरीको सोही दिन उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाए लगत्तै फरार ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न २ जनालाई श्रावण १६ गते धरानकै पुतली लाईनबाट पक्राउ गरी श्रावण १७ गते पत्रकार सम्मेल मार्फत सार्वजानिक गरेको हो । उक्त घटना अनुसन्धानको लागी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय ईटहरी र कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह (PIT) सहितको संयुक्त अनुसन्धान टोली परिचालन भएको थियो ।

2अनुसन्धान गर्ने क्रममा उक्त घटना बाहेक असार ८ गते धरान-१७ को खैरेनी जंगलमा १ जना महिला माथी भएको लुटपाट, असार २३ गते धरानबाट मोटरसाईकलमा प्रकाशपुर गईरहेका श्रीमान श्रीमती माथी सोही स्थानमा भएको लुटपाट र असार ३१ गते धरानबाट कालाबन्जार जाँदै गरेका अर्का एक ब्यक्तिलाई समेत श्रृखंला बद्ध रुपमा भएको लुटपाटमा यिनै ब्यक्तिहरुको संग्लग्नता रहेको पाईएको छ।  पक्राउ परेका मध्ये तिमिल्सिना जवरजस्ति करणी मुद्धामा १० बर्ष कैद भुक्तान गरि २ महिना अगाडि छुटेको र तामाङ लागु-औषध मुद्धामा ६ महिना कैद भुक्तान गरि २ बर्ष अगाडि छुटेको तथा दुबै जना लागु-औषध दुर्व्यवसनी रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका उनीहरुको साथबाट अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान,  खुकुरी २ थान, मोवायल ५ थान, औठी १ थान र फायर भएको गोलीको खोका १ थान बरामद भएको छ । घटनामा संग्लग्न अन्य ब्यक्तिको खोजतलास भईरहेको र पक्राउ ब्यक्तिहरुको १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

4