विराटनगर १७ साउन ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले शपथ लिए लगत्तै मुख्य मन्त्री थापाले तीन जनालाई मन्त्री नियुक्त गरेर छन् ।
वुधवारनै मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरे लगत्तै मन्त्रीहरुले प्रदेश प्रमुख सामु पद तथा गोपनियताको सफत लिएका छन् ।
सभामुख बाट राजिनामा दिएका गौतमले आर्थिक मामिला तथा योजना , जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन । जबेगु र सुनुवासर असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए । सरकार निर्माणको लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको बरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन ।