विराटनगर १७ साउन ।
कोशी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेस संसदियदलका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन ।
बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराएका हुन । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि गठबन्धनले उनलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन पाएका थापालाई मंगलबार खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । यसअघि २१ असारमा पनि मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएको कारण सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो ।