विराटनगर ।   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सुन प्रकरणका कारण मुलुकको अर्थतन्त्रमा के कतिको प्रभाव पारेको छ र यसमा को को संलग्न छन् भन्ने विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।  शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै नेता डा. कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार पार्टी सभापतिले वरिष्ठ नेता तोक्ने प्रावधान अनुसार वरिष्ठ नेता नतोकिएको जानकारी दिए। उनले आर्थिक कारणले महासमिति बैठकमा नै नीति अधिवेशन गर्ने निर्णय गरिएको बताए ।

नेता डा.कोइरालाले कोशी प्रदेश सरकार गठन प्रक्रियामा सभामुखले हस्ताक्षर गर्नु संवैधानिक र संसदीय मुल्य मान्यता विपरित भएकाले सर्वोच्च अदालतले सच्याएको बताए । उनले अब बन्ने कोशी प्रदेश सरकार पनि नेपाली कांग्रेस नेतृत्वमा नै गठन हुने दाबी गरे । नेता कोइरालाले गठबन्धन बिचनै सहमतिको सरकार बन्ने बताए।