राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगर भेलालाई सम्बोधन गर्दै शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुलाई जसरीपनि देशबाट लखेटनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टहरुलाई जरेैे उखेलेर फाल्ने उदेश्यले जन्मिएको भन्दै उहाँले भ्रष्टहरुलाई संसदबाट , सरकारलाई दबाब दिएर र बाँकी कोही भागेभने २०८४ को चुनाबमा भ्रष्टहरुलाई यो देशमा नै नराख्नेसमेत बताउनुभयो ।
त्यस्तै, बेलबारी नगर भेलालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समिती सदस्य रमेश प्रसाँइले पनि बिभिन्न राजनितीक दलका कुनैपनि पार्टीको नितिमा सम्स्या नभई पार्टीमा भएका नेताहरुको नियतमा सम्स्या भएकाले समाज आज यो स्थीतीमा पुगेको बताउनुभयो ।