बिजुली मालपोत टोल विकासले मालपोत कार्यालय र नापी कार्यालय वेलवारीमा ध्यानकर्शणपत्र बुझाएको छ । नेपाल लेखापढी व्यावशायी संघका र अन्य विचौलियाहरूले कर्मचारिहकसँग मिलेमतो गरेर विभिन्न शिर्षकमा हरेक वहाना बनाई अनावश्यक रूपमा रकम लिई जनतालाई दुःख दिने गरेको भन्दै ध्यानकर्शणपत्र बुझाएको हो । 

नापी कार्यालय र मालपोत कार्यालयमा नेपाल लेखापढी व्यवसायीसङ्घका र अन्य बिचौलियाहरुले कर्मचारीहरुसँग मिलेमतो गरेर विभिन्न शीर्षकमा हरेक बहाना बनाई  अनावश्यकरुपमा रकम लिई जनतालाई दुःख दिएको भनी व्यापक जनगुनासो र उजुरीसमेत परेको हुनाले गम्भीर ध्यानाकर्षण भएको र उक्त जनगुनासोलाई सम्बोधन गर्दै मालपोत र नापी कार्यालयमा हुने गरेको भ्रष्टचार र विविध बेथितिलाई न्यूनीकरण गर्दै अन्त्य गर्नको लागि टोल विकास संस्थामार्फत औपचारिक रुपले संस्थागतरुपमा ज्ञापनपत्र बुझाएको हो ।