बेलबारी । बेलबारी जेसिजले आज एक हप्ते सेल्फ मेकअप ट्रेनिंग आज सम्पन्न गरेको छ। बेलबारी जेसिज र बेलबारी न पा  ३मा रहेको शृंगार घरको आयोजनामा उक्त तालिम आइतबारबाट सुरु गरिएको  थियो। महिलाहरुले  आफ्नो मेकअप आफै गर्न सकुन भनि यो तालिमको आयोजना गरिएको जेसिज अध्यक्ष ऐश्वर्य प्रसाद आचार्य(बिपिन) ले जानकारी दिए ।  उक्त तालिम दुई समूह गरि ३३ जनालाई तालिम   शृंगार घर कि संचालिका निहारिका नेपालले दिएका थिए। 

समापनमा  प्रमुख अतिथि बेलबारी नगरपालिका वडा न ३ का वडा अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले सहभागी हरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए भने यो प्रमाण पत्र सिरानी मुनि न राखी यस लाइ ब्यबहारमा उतार्न सल्लाह दिदै वडा न ३ मा आर्थिक बर्ष 0८०/८१ मा तालिम को योजना न ल्याई गएको आर्थिक वर्ष हरुमा  तालिम गर्नेहरुका लागी ब्यवासाही गर्नका लागि वडाले अनुदान ल्याएको बताए।  

आजको समापन कार्यक्रममा इन्द्रपूर जेसिज २०२३ किअध्यक्ष बिना सुबेदी ,बेलबारी नगरपालिका का नगर सदस्य विजय तोलांगी ,बेलबारी जेसिज का सस्थापक अध्यक्ष माधवराज थापा लगायतको उपस्थिति रहेको थियो।