बेलबारी नगरपालिका वडा न २ लालभित्ती निवासी ६ बर्षीय एन्जल धिमालका उपचारकालागी बेलबारी जेसिजले २५ हजार रुपैया सहयोग गरेको छ। कलेजो प्रत्यारोपण गर्नु पर्ने भएकाले एन्जल धिमाल बचाउ अभियान संचालन गरि सहयोग रकम संकलन गर्ने कार्य भइरेको छ। सोहि अभियानलाइ बेलबारी जेसिजले उक्त रकम अभियानकर्मी तथा परिवारलाई हस्तान्तरण गरेको छ। अहिले सम्म उक्त अभियान बाट पैतिस लाख भन्दा माथि सहयोग उठेको अभियानका सचिव राजु परियारले जानकारी दिनु भयो ।