विराटनगर २५ असार
कोशी प्रदेश सरकारले बाढी पहिरो पिडितहरुलाई उद्धार र राहत सामान चाडो भन्दा चाडो उपलब्ध गराउ पुर्व तयारी गर्ने निर्णय गरेको छ ।
सोमबार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले पदेशमा रहेका निजामति कर्मचारीहरुको अभिलेख राख्न लोक सेवा आयोगको परामर्श लिएर किताव खाना स्थापना गर्ने निर्णय समेत गरेको छ ।
सो बैठकले कोशी प्रदेशमा निजामति सेवा स्थानिय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सम्बन्धी तालिम, मुल्याङ्कन, सरुवा, बढुवाको लागि ऐन चाडै बनाउने निर्णय भएको कोशी प्रदेशका प्रवक्ता विना विभागिय मन्त्री प्रदिप कुमार सुनुवारले जानकारी दिए । उनले दक्षीण कोरीया संग कोशी प्रदेशले भाइचारा सम्बन्ध राख्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको बताए । उनले मंन्त्रीहरुको काम कारवाही तोकी सके पछि कोशी प्रदेशको बजेट बारेमा अगाडी बढ्ने जानकारी दिए ।