विराटनगर, २४ असार ।
प्रधानन्यायाधिस हरिकृष्ण कार्कीले संवैधानिक परिषदमा प्रधानन्यायाधिसको उपस्थितिले प्रधानन्यायाधिसको निष्पक्षता र स्वतन्त्रतामा कुरा उठेकाले परिषदमा प्रधानन्यायाधिसलाई राख्न नहुने कुरा उठेको बताए ।
आइतवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै न्याय परिषदको संरचनाका कारण पनि न्यायाधिस नियुक्तिमा ढिलाई भईरहेकोले अदालत सुधार कार्यदलको प्रतिवेदन अनुसार संविधान संसोधनको बेला न्यायपरिषदको गठन प्रक्रिया सच्याउनुपर्ने बताएका छन् ।
उनले न्यायाधिस नियुक्ति ढिलाई हुदा सर्वोच्च देखि जिल्ला अदालतमा न्याय सम्पादनमा समस्या आएको बताउदै न्यायाधिस नियुक्ति बारे छलफल भईरहेकोले चाडै नै न्याय परिषदको बैठक बसेर न्यायाधिस नियुक्ति गरिने धारणा राखे ।
संचारकर्मी संग कुरा गर्दै प्रधानन्यायाधिस कार्कीले अदालतमा गोला प्रथा लागू गरिएपछि न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र बनेकोले सर्वसाधारणको अदालत प्रतिको आस्था र विश्वास बढेको बताए । उनले दुइबर्ष भित्र मुद्धा फैसला गर्ने गरिए पछि दुइबर्ष भन्दा बढीका मुद्धाहरु अहिले अदालतमा धेरै कम हुने गरेको जानकारी समेत दिए ।