बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूह बेलबारी ३ मोरङको निर्वाचन सम्पन्न भएको छ । हिजो सम्पन्न भएको उक्त निर्वाचन अद्यक्षमा दिनेस प्रसाद गिरि दोस्रो कार्यकालका लागि निर्बाचित बह्येका छन्। उक्त निर्बाचनमा अध्यक्ष सहित २१ जना पदाधिकारीहरु निर्वाचित भएका छन ।
बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहको निर्वाचनमा अध्यक्षमा बेलबारी का दिनेश प्रसाद गिरी, उपाध्यक्ष पदमा कटहरीका श्याम प्र. मण्डल, महिला सदस्यमा बेलबारीकी रम्भा राजवँशी, रँगेलीकी मिरा दाहाल, धन्पालथानकी रितादेवी सरदार र खुल्ला सदस्यमा ७, आदिवासी जनजातितर्फ १, मधेशी सदस्यमा १, दलित सदस्यमा १, वडाबाट छनौट जनप्रतिनिधी सदस्य १, लेखा सँयोजकमा १ र लेखा समिती सदस्यमा ४ जना गरि जम्मा २१ जना पदाधिकारीहरु निर्वाचित हुनुभएको हो ।




















