बेलबारी नगरपालिका – १० भाउन्नेमा रहेको सिर्जना सामुदायिक वनका नि वर्तमान अध्यक्ष तथा नेपालि काँग्रेस बेलबारीनगरका नगर सभापति छत्र लिम्बू विरुद्द पक्राउ पुर्जी जारी भएको छ । 

 डिभिजन वन कार्यालय मोरङले  असारको १४ गते उनीविरुद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको हो । अदालतले लिम्बूलाई पक्राउ गर्न अनुमति दिएको छ । 

उनलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्राचार गरेको छ ।

उनीमाथि १७  लाख ५५ हजार रुपैयाँ र ९५५ क्युफिट काठ घोटाला गरेको आरोप लागेको छ ।