बेलबारी ।   बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बेलबारी न.पा. १ मा रहेको खानेपानी ओवरहेड ट्यांकको वरिपरी कम्पाउण्ड वाल र जाली लगाउने कार्यमा भएको बिल भरपाई तथा कार्यको छानबिन गर्न गठित समितिको संयोजक  राजेन्द्र थापाको संयोजकत्वमा बनेको  छानबिन समितिले बेलबारी नगरपालिकालाई  प्रतिबेदन तयार पारी  बुझाएको छ।  

2k

नगरपालिकालाई बुझाएको प्रतिबेदन मा सस्थाले गरेको बिल भर्पाइमा अनियमितता देखिएको प्रतिबेदनमा  उल्लेख छ।  

"ढुंगा, बालुवा र गीटि खरिदमा सम्बन्धित ब्यबसायीसंग बुझ्दा निर्माण समिति सदस्य शर्मिला लुंगेली मगरको अगुवाइमा १५ ट्रयाक्टर ढुंगा, बालुवा र गीटिको परिमाण ब्यबसायीसंग मिलि बढाईरहदा अध्यक्ष  रुकमिणी धिमाल र उपाध्यक्ष  केशब प्रसाद घले दुवै जना मौन बसेकोले तिनै जनाको मिलेमतोमा सो बराबरको रकम अनियमितता गर्न खोजेको पहिलो बिलबाट देखिन गएको  तर दोस्रो बिलमा सच्चाई पुन पेश गरेकोले अनियमितता सच्चिए पनि यसले संस्थाको बाँकी संचालक समितिको पदाधिकारी र सदस्यहरुको छविमा समेत असर पर्ने कार्य गरेको देखिएको निश्कर्ष छानबिन समितिको रहेको छ।