बिराटनगर १७ असार
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको लागि आव्हान गरेका छन् ।
प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले एक बिज्ञप्ति निकालेर सरकार गठनको आव्हान गरेका हुन् । प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको बताइएको छ ।