बेलबारी  बेलबारी नगरपालिका वडा न ८ मा रहेको श्री सिंह देबी एकेडेमीले एस. इ. इ. दिएर बसेका बिधार्थिहरुलाई लक्षित गरि करियर काउन्सिलिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी संचालन गर्ने भएको छ। 

 उच्च शिक्षा अध्ययन गर्ने बिधार्थिहरुलाई प्रोफेसर डा अजय भटराई(HOD of Chemistry)MMAMC Biratnagar TU  र सहायक प्रोफेसर डा सुजित कुमार शाह(Youngest Scientist) MMAMC Biratnagar)ले करियर सम्बन्धि काउन्सिलिङ्ग गर्नुहुने छ। बेलबारीमा पहिलो पटक विधार्थीहरुका लागि यस्ता  काउन्सिलिङ्ग भएको एकेडेमी का संचालक रबिन  थापाले दाबी गर्नु हुन्छ।  बेलबारी नगरपालिका वडा न १०मा रहेको  एकेडेमीको नया भवनमा हुन लागेको  करियर काउन्सिलिङ्ग कक्षाका लागि  एस. इ. इ. दिएर बसेका बिधार्थिहरुले निशुल्क कक्षा लिन पाउने छन्।  उक्त कक्षा भोलि असार १८ गते देउसो १ बजे देखि हुने संचालक थापाले बताए।  

थापाका अनुसार विभिन्न प्रलोभन देखाएर बिधार्थी भर्ना अभियान गर्नु भन्दा बिषयको विशेषज्ञबाट काउन्सिलिङ्ग गरेर भर्ना लिनका  लागि कार्यक्रमको  आयोजना गरिएकोले एस. इ. इ. दिएर बसेका बिधार्थिहरुलाई कार्यक्रममा सहभागिताका लागि थापाले अनुरोध समेत गरेका छन्।