विराटनगर, १७ असार ।
असार १५ गते विश्वासको मत लिन नसके पछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार कामचलाउ बनी सकेको छ ।
कोशी प्रदेश सभाको संसदीय अंकगणितका कारण वर्तमान सरकार अल्पमतमा परेको छ भने नयाँ सरकार बन्ने सम्भावना पनि अत्यन्त न्यून रहेको छ । सरकार बनाउन जोडघटाउ गर्दै दलहरु एक आपसमा दौडधुप गरिरहेको बेला राप्रपाले भने आफुहरु सत्ताको बाडचुडमा नलाग्ने बताएपछि कोशी प्रदेशमा नयाँ सरकार गठन झन अन्यौलपूर्ण बनेको छ । राप्रपाले भागबण्डा लगाउने कार्य गलत भएको भने पछि नयाँ सरकार बनाउन संख्या नपुग्ने देखिएको छ ।
कामचालाउ सरकारका प्रबक्ता समेत रहेका राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले देशको स्थायित्वका लागि आफुहरुले प्रयास गर्ने भएपनि मुख्यमन्त्रीका लागि मरिहत्तने नगर्ने बताएका छन् । उनले सत्ता गठबन्धन संग मात्र होइन विपक्षी गठबन्धन संग पनि बहुमत नभएको बताउदै सभामुखलाई कुनै पनि दलले आफ्नो सदस्यका रुपमा समावेश गर्न नमिल्ने धारणा राखे उनले संंविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुने विचार व्यक्त गर्नुभयो ।
उद्योग कृषि तथा सहकारी मंत्री समेत रहेका सिटौलाले आफुहरु संग कुनै पनि राजनैतिक दलहरुको कुराकानी नभएको जानकारी दिदै कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुने स्थिति आए आफुहरु तयार रहेको बताए ।
यता कोशी प्रदेश माओवादी केन्द्रका संसदिय दलका नेता इन्द्र आङ्बोलो भने सरकारले विश्वासको मत लिन नसकेको हुनाले केन्द्रीय समिकरण अनुसार गठबधन गरेर अर्को सरकार गठन गर्ने बताए । उनले अव नया सरकार बनाउने बाटो खुलेको छ दलहरु विच सहमत गरेर अगाडी बड्ने बताए ।
विपक्षी दलहरु गठबन्धन गरेर सरकार बनाउन तातिरहेका वेला अधिवक्ता रुपेश कोइरालाले भने नेपालको कानुन र नेपालको संविधानमा निर्णायक मत वाहेक सभभमुखले मत दिन पाउछन् तर सभामुख कुनै पनि दलको नहुने भएकाले उनको मत कुनै पनि पार्टीले जोड्न नमिल्ने बताए ।
बहुमतका लागि ४७ जना सांसदहरु चाहिने कोशी प्रदेशमा सत्ता पक्ष एमाले र राप्रपासंग ४६ सांसद रहेको छ भने विपक्षहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी संग ४५ सांसदहरु मात्र रहेको छ । जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।