विराटनगर १५ असार । 

   कोशी प्रदेशको नेकपा एमालेको नेतृत्वको सरकार ढले संगैं दलहरु नयाँ सरकार गठनको छलफलमा लागेका छन् ।

प्रदेशसभामा बहुमत ल्याउन नसके पछि मुख्यमन्त्री हिक्मतकुमार कार्की र राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले प्रदेश प्रमुख पर्शुराम खापुङसँग भेट गरेर पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जानकारी गराएका थिए छन् ।

विपक्षी गठबन्धन काँग्रेस, माओवादी र नेकपा एसले पनि प्रदेश प्रमुख खापुङसँग भेट गरेका छन् । कुनै पनि दलको बहुमत नभएको हुनाले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम यहि प्रदेश मन्त्री परिषदले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले विज्ञप्ति मार्फत सुचना गरेको र नया सरकार गठनको लागि प्रदेश प्रमुख कानुनी परामर्शमा रहेका कोशी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले बताए ।

naya sarkhar dauddhup (2)naya sarkhar dauddhup (1)