बेलबारी नगरपालिका वडा न १ मा रहेको बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थामा एजिंग वाल निर्माणमा अनियमितता भएको उपभोक्ताहरुले आरोप लगाएको छन् ।
६५ टिप् गिट्टी बलुवा ढुंगा ल्याएर निर्माण सम्पन्न गरेको उपभोक्ताले जानकरि दिएका छन् तर बिल फेश गर्ने बेलामा ८० टिपको गिट्टी बलुवा ढुंगाको बिल पेश गरेको पाइएको उपभोक्ताहरुले जनाएका छन् । बजार मूल्य ३००० प्रति टिप् ट्याक्टर पर्ने ढुंगाको बिल ४००० कर बाहेकको पेश गरेको, बजार मूल्य २१/२२ सय प्रति टिप् ट्याक्टर पर्ने गिट्टी बालुवाको बिल २४०० कर बहेकको पेश गरेको पाइएको उपभोक्ताहरुले जनाएका छन्।
आयोजना को कुल लागत ७२०९९७।२२ रहेको मा ६५०००० बेलबारी नगरपालिकाको र बाकी रकम साझेदारी सस्था निकायको लागतको स्टिमेट रहेको थियो।
सस्थाको भवन र पानीट्यांकीलाइ सुरक्षाका लागि एजिंग वाल निर्माण गरि तार जाली निर्माण गर्नु पर्ने थियो ,काम सम्पन्न भए पनी समूहमा बिल पेश गर्दा शंकास्पद भएको भन्दै बैठकमै सदस्यहरुले आपति जनाएको छ।
यसै बिल पेश गरेको शंकास्पद भएको भन्दै राजेन्द्र थापाको संयोजगत्बमा ५ सदस्य छान बिन टोलि बनि , छानबिन सुरु गरेका छन् ।