विराटनगर, १३ असार ।

 कोशी प्रदेशका मुख्यमंन्त्री हिक्मत कुमार कार्कीेले संवैधानिक प्रावधान अनुसार ३० दिन भित्र या असार १४ गते बिहिवार प्रदेश सभामा विश्वासको मत लिदै छन् ।

    प्रदेश सभाको बैठकमा प्रदेश सरकारले ल्याएको अध्यादेश टेबुल भए संगै विश्वासको मत माथि छलफल र मतदान हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीको गठबन्धन सरकारबाट जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र बाहिरिए पछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक पर्दछ । वर्तमान गठबन्धन सरकार संग नेकपा एमालेको ४० र राप्रपाको ६ सांसद गरी ४६ सांसदहरु रहेका छन् । मुख्यमंत्री हिक्मत कुमार कार्कीले आफुले सबै दल संग कुरा गरेको र विश्वासको मत दिने आश्वासन दिएकाले बहुमत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले एक जना सासंसद भए पुग्ने भएकाले सवै दलसंग कुरा गरेको र आफुलाई सवैले सहयोग गर्ने विश्वास रहेको बताए ।  

कोशी प्रदेश सभामा रहेको संसदीय अंकगणितका कारण सत्तारुढ दल संग ४६ जना र विपक्षी गठबन्धनमा पनि ४६ जना नै सांसदहरु रहेकाले वर्तमान सरकारले विश्वासको मत नपाएको अवस्थामा अर्को सरकार गठन गर्न संवैधानिक र कानुनी जटिलता देखिएको छ । 

  यसैबीच एमाले संसदीय दल कोशी प्रदेशको बैठक बुधवार विराटनगर स्थित प्रदेश सभामा सम्पन्न भएको छ । केही दिन अघि राजधानी काठमाण्डौमा विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठकले मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रस्ताव गरेकोे विश्वासको मत असफल गराउने निर्णय भएको बताइएको छ ।