कोशी प्रदेश सरकार र पहिचानवादी बिच चार घण्टाभन्दा बढी चलेको वार्ता निष्कर्षबिहीन बनेको छ । सोमबार बिराटनगरमा भएको वार्ताबाट अर्को वार्ता गर्ने विषयमा दुवैपक्षबीच सहमति भएर टुङ्गीएको थियो । ‘छिट्टै अर्को वार्ता गर्ने सहमति भएको कोशी प्रदेश सरकारको वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले बताए ।
विराटनगरको विग होटलमा आज बिहान ९ बजेदेखि सुरु भएको वार्ता दिउँसो १ बजेसम्म चलेको थियो । कोशी नामकरणको विरुद्धमा आन्दोलनरत पक्षसँग प्रदेश सरकारले औपचारिक वार्ता आव्हान गरेर वार्तामा बसेको यो पहिलो पटक हो ।पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले फेरि वार्ता वस्ने गरी वार्ता विना निष्कर्ष टुङ्गीएको बताए ।
कोशी प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलन गरिरहेका छन् । यसक्रममा आन्दोलनकारी १ जनाको मृत्यु भएको छ भने शुरक्षाकर्मी र आन्दोलन कारी दुबै पक्ष दर्जनौं घाइते भएका छन् ।