विराटनगर, ५ असार ।
मधेशी आयोगकी सदस्य रेणुदेवी साहले संविधानको धारा २९४ को उपदफा ३ बमोजिम मधेशी आयोगको चौथो प्रतिवेदन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई एक कार्यक्रमका विच हस्तान्तरण गरेकी छन् ।
मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोगकी सदस्य साहले मधेस र मधेसी जनतालाई परेको पिरमर्का र समस्यालाई गुनासो र उजुरीका रुपमा प्रतिवेदनमा समेटिएको तथा प्रतिवेदनमा मधेसीहरुको थर बारे जानकारी गराइएको बताइन ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले सबै जातजाति र समुदायको एकिकृत सहयोग र सहभागिताबाट मात्र मुलुकको विकास गर्न सकिने बताएका । प्रदेश प्रमुख खापुङले मुलुक विविधतायुक्त भएको र सबै जातजाति बीच सहकार्य र समन्वय गरेर राष्ट्र र राष्ट्रियता बलियो बनाउनु आजको आवश्यकता भएको बताए । उनले यति मिहेनेत गरेर मधेशी आयोगल सवै कुरा समेटेर प्रतिवेदन वुझाएको भन्दै आयोगलाई धन्यवाद समेत दिएका छन् ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालय सचिव, कर्मचारीहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।